+
+

राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १५:४१

२५ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरबमा सम्पन्न ‘वाफ उमन्स च्याम्पियनसिप २०२४’ फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी उपविजेता बन्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।

एनआईसीले २४ वैशाखमा ललितपुरस्थित होटल हिमालयमा आयोजना गरेको कार्यक्रममा महिला फुटबल टोलीलाई सम्मान गरेको हो । बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित कार्यक्रममा महिला फुटबल टोलीका ३१ सदस्यलाई २५ हजार र सम्मानपत्र प्रदान गरेको हो ।

कार्यक्रममा बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ‘ब्रान्ड प्रमोटर’ घोषणा गरेको छ ।

पहिलो पटक सहभागी हुँदै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, स्पोर्ट्सम्यानसिप, धैर्य र अठोटसाथ मैदानमा खरो उत्रिँदै उक्त प्रतियोगिताको फाइनल पुगेर उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?