१४ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिका कारण एनआईसी एसिया बैंकका तीन शाखा कार्यालय पूर्ण क्षतिग्रस्त भएका छन् ।
बैंकको रसुवा जिल्लास्थित स्याफ्रुबेशी शाखा र नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले पूर्ण रुपमा बगाएको छ । त्यस्तै त्रिशुली शाखा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भइ माटोले पुरिएको अवस्थामा रहेको बैंकले जनाएको छ ।
ती शाखा कार्यालयहरू पूर्णरुपमा क्षति भएकाले अर्को व्यवस्था नभएसम्मको लागि बन्द रहने बैंकले जनाएको छ ।
साथै, प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी हाल सुरक्षित स्थानमा रहेको र आवश्यक परेमा कर्मचारी तथा परिवारका सदस्यसहितलाई हेलिकप्टर मार्फत स्थानान्तरण समेत गरिने बैंकले जनाएको छ ।
आकस्मिक रुपमा आएको अकल्पनीय बाढीका कारण उक्त क्षेत्रमा भएको भौतिक एवम् मानवीय क्षतिप्रति बैंकले दुःख व्यक्त गरेको छ ।
प्रतिक्रिया 4