News Summary
Generated by OK AI. Editorially reviewed.- एनआईसी एसिया बैंकले कैलालीको गोदावरी–५ स्थित सरस्वती माध्यमिक विद्यालयमा पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदान गरेको छ।
- बैंकका सर्कल हेड दिपक विष्टले प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त खानेपानी ट्यांकी र पम्प बुधबार हस्तान्तरण गरे।
- फिल्टरसहितको पानी ट्यांकी र पम्पले विद्यार्थीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने र स्वास्थ्यमा सहयोग पुग्ने बैंकले बताएको छ।
१७ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीस्थित गोदावरी– ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदान गरेको छ ।
स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराइएको बैंकले जनाएको छ । यो सहयोगपछि विद्यार्थीले स्वच्छ खानेपानी पाउनेछन् । बुधबार एक कार्यक्रमका बीच बैंकका सर्कल हेड–धनगढीका दिपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरे ।
फिल्टरसहित खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै विद्यार्थीहरुको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैंकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4