+
+
Shares

खातामा प्यान र इमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनआईसी एसिया बैंकले ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।
  • बैंकले प्यान अद्यावधिक गर्न बैंकको पोर्टल र मोबाइल बैंकिङमार्फत सुविधा उपलब्ध गराएको छ।
  • प्यान अद्यावधिक नगर्दा करकट्टी विवरण ईटीडीएसमा दाखिला नहुने र थप कर समायोजन हुन सक्ने बैंकले जनाएको छ।

२२ मंसिर, काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।

ग्राहकको खाताबाट गरिएको करकट्टी विवरण ‘आयकर ऐन २०५८’ बमोजिम अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले विवरण अद्यावधिक गराउन बैंकले आग्रह गरेको हो ।

‘बैंकको पोर्टल प्यानअपडेट डट् एनआईसी एसिया बैंक डट् कम वा मोबाइल बैंकिङ एक (एनआईसी एसिया मोबैंक)मा रहेको प्यान अपडेट विकल्पमा ट्याब गरी प्यान अद्यावधिक गर्न सकिनेछ’ बैंकले विज्ञप्तिमार्फत भनेको छ ।

साथै, ग्राहकले आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट समेत खातामा प्यान अद्यावधिक गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

‘बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ईटीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक छ’ बैंकले भनेको छ ‘उक्त प्यान अद्यावधिक भएपश्चात् निजको करकट्टीको विवरणसो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ ।’

यसले ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकले उल्लेख गरेको छ । साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुनेछ ।

प्यान अद्यावधिक नगराएको कारणले ईटीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा, ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा संस्था जिम्मेवार नहुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?