+
+
Shares

एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्यलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको छ।
  • शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्ने बैंकले जनाएको छ।
  • शाक्यले यसअघि नबिल बैंकमा सिनियर डेपुटी सीईओको रूपमा काम गरिसकेका छन्।

१७ कात्तिक, काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।

सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले शाक्यलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

ललितपुर पुल्चोकका स्थानीय शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । शाक्यले हाल नबिल बैंकमा सिनियर डेपुटी सीईओका रुपमा कार्यभार सम्हालेका छन्। बैंकिङ क्षेत्रमा उनले करिब ३ दशकको अनुभव संगालेका छन् ।

यसअघि असोजमा एनआईसी एसियाबाट रोशनकुमार न्याैपानेले कार्यकाल १३ महिना बाँकी रहँदै पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?