+
+
Shares

एनआईसी एसिया बैंकका कर्मचारीमाथि भएको अभद्र व्यवहारको भत्सर्ना

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनआईसी एसिया बैंकको इटहरी शाखामा एक व्यक्तिले कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेको बैंकले भत्सर्ना गरेको छ।
  • बैंकले कार्यालयभित्र पेट्रोल छर्कने र आगजनी गर्ने प्रयासलाई अस्वीकार गर्दै संवेदनशील बैंकिङ क्षेत्रमा असुरक्षा सृजना भएको बताएको छ।
  • बैंकले घटनाको दोहोरिन नदिन आग्रह गर्दै सम्बद्ध निकायले अनुसन्धान गरी कारबाही गर्न माग गरेको छ।

२४ पुस, काठमाडौं । एनआईसी एसिया बैंकको इटहरी शाखामा गलत मनसायका साथ प्रवेश गरी एक व्यक्तिले कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेकोप्रति बैंकले भत्सर्ना गरेको छ ।

‘बैंकिङ क्षेत्र संवेदनशील रहेको र अत्यावश्यक सेवा प्रवाह गर्ने संस्था भएकाले कुनै पनि गैरकानुनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य हुँदैन’ बैंकले एक विज्ञप्तिमार्फत भनेको छ ‘यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीसँगै समग्र बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको छ ।’

कार्यालयभित्र हुलहुज्जत तथा होहल्ला गर्ने, आगजनी तथा जिउज्यानमा हानी पुर्‍याउने उद्देश्यका साथ पेट्रोलजस्तो अति प्रज्वलनशील पदार्थ छर्कने क्रियाकलाप भएकोमा बैंकले भत्सर्ना जनाएको छ ।

यसबाट कर्मचारीले असुरक्षा महसुस गर्ने भएकाले आगामी दिनमा घटना दोहोरिन नदिन सम्बद्ध पक्षसँग बैंकले आग्रह गरेको छ । साथै अभद्र व्यवहार गर्नेमाथि सम्बद्ध निकायले आवश्यक अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?