+
+
Shares

एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाललाई १० पुसदेखि लागू हुने गरी नियुक्त गरिएको छ।
  • अग्रवालले राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
  • पूर्व अध्यक्ष तुलसीराम अग्रवालले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा पुस ६ गते स्वीकृत गरिएको थियो।

१० पुस, काठमाडौं । एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले अग्रवाललाई बुधबारदेखि नै लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अग्रवालले राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा महत्त्वपूर्ण उपलब्धी हासिल गर्दै सफलताको उचाइ लिने विश्वास गरिएको छ ।

यसअघिका अध्यक्ष तुलसीराम अग्रवालले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा बैंकको सञ्चालक समिति बैठकले पुस ६ गते स्वीकृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?