+
+
Shares

एनआईसी एसिया म्युचुअल फन्डका ४ योजनाको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनआईसी एसिया म्युचुअल फन्डका ४ योजनाले साउन २९ गते करसहित लाभांश घोषणा गरेका छन्।
  • एनआईसी एसिया फ्लेक्सी क्याप फन्डले १०.१० प्रतिशत, ब्यालेन्सड फन्डले ९.९० प्रतिशत लाभांश दिने भएको छ।
  • सेलेक्ट ३० फन्डले ८.६५ र डायनामिक डेप्ट फन्डले ५.५५ प्रतिशत नगद लाभांश दिनेछन्।

१८ साउन, काठमाडौं । एनआईसी एसिया म्युचुअल फन्डका ४ योजनाको लाभांश घोषणा भएको छ ।

जसअनुसार बन्दमुखी योजना एनआईसी एसिया फ्लेक्सी क्याप फन्डले इकाइधनीलाई १०.१० प्रतिशत लाभांश दिने भएको छ । त्यस्तै अर्को बन्दमुखी योजना ब्यालेन्सड फन्डले ९.९० प्रतिशत, सेलेक्ट ३० (इन्डेक्स फन्ड)ले ८.६५ र खुलामुखी योजना डायनामिक डेप्ट फन्डले ५.५५ प्रतिशत नगद लाभांश दिने भएका छन् ।

बन्दमुखी योजनाको बुक क्लोज मिति साउन २९ गते तोकिएको छ । यी लाभांश करसहित रहेको छ । पछिल्लो समय लगातार म्युचुअल फन्डले इकाइधनीलाई लाभांश घोषणा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?