+
+

सेनाले हटायो सेतीमा अड्किएको रुख

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १८:२०

२५ असोज, डोटी । डोटी दिपायलस्थित सेती नदीमाथिको मोटरेवल पुलमा अड्किएको रुख नेपाली सेनाले हटाएको छ ।

२० गतेदेखि लगातार भइरहेको बर्षासंग सेती नदीमा आएको बाढीले किनारको ठूलो पीपलको रुख बगाएर पुलमा अड्किएको थियो ।

रुखका दुई हाँगा पुलको पिलरमा फसेपछि अड्किएको थियो । लगातारको बर्षासंग नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीयवासीमा नदी थुनिने चिन्ता बढेको थियो ।

मंगलबार सेनाको भैरव प्रसाद गणको टोलीले रुख हटाएको गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए । रुखले नदी थुनिने जोखिम बढेका खवर आएपछि अड्किएको रुख निकालिएको गणपति कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?