+
+

युएनडीपीले भन्यो- विश्वका आधा गरिबलाई ऋण राहत देऊ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते ६:३१

२६ असोज, काठमाडौं । विश्वका आधाभन्दा बढी गरिब जनताको हिस्सा ओगटेका ५४ वटा विकासशील अर्थतन्त्रलाई विश्वव्यापी सङ्कटका कारण उत्पन्न समस्या सम्बोधन गर्न तत्काल ऋण राहत दिनुपर्नेमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)ले जोड दिएको छ ।

विकासशील ५४ वटै देश गम्भीर ऋण समस्यामा रहेका तथा जलवायु जोखिमको उच्च सूचीमा रहेका विश्वका ५० राष्ट्रमध्ये २८ वटालाई चरम वित्तीय आवश्यकता रहेको युएनडिपीले बताएको छ । ती देशले ऋण पुनःसंरचनामा पहुँच नपाएमा गरिबी बढ्ने तथा जलवायु अनुकूलनका निम्ति आवश्यक लगानी गर्न नसक्ने उसको विश्लेषण छ ।

गरिबीको दुष्चक्रबाट उनीहरूलाई जोगाउन तथा उनीहरूको ऋणको बोझ व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायले विलम्ब गर्ननहुनेमा उक्त संस्थाले जोड दिएको छ । दिगो विकासका लक्ष्य प्राप्तिका लागि प्रभावकारी ऋण पुनःसंरचनाका साथै ऋण राहतको प्रस्ताव पनि युएनडिपीले अन्तर्राष्ट्रिय समुदाय एवम् धनी राष्ट्रसँग गरेको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?