+
+

युक्रेनलाई मिसाइल सहयोग गर्ने नेदरल्याण्ड्सको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते ७:५८

२७ असोज, काठमाडौं । नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलर बराबरको मिसाइल सहयोग गर्ने घोषणा गरेको छ ।

रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला युक्रेनको हवाई सुरक्षालाई अझ मजबुत बनाउन भन्दै नेदरल्याण्ड्सले हतियार सहयोग गर्ने घोषणा गरेको हो ।

यसअघि अमेरिका र जर्मनीले पनि युक्रेनलाई सहयोगको घोषणा गरेका थिए । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले अमेरिका र जर्मनीले आधुनिक हवाई प्रतिरक्षा प्रणाली सहयोग गरेको भन्दै आभार व्यक्त गरेका थिए ।

रुसले सोमबार र मंगलबार युक्रेनको राजधानी किएभसहित धेरै शहरहरुमा हवाई हमला गरेको छ । साथै ऊर्जा र सैन्य क्षेत्रमा पनि आक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?