+
+

फेन्सिङको महिला टिम इभेण्ट फोयलमा एपीएफलाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १८:४०

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले स्वर्ण पदक जितेको छ ।

एपीएफले बागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । फेन्सिङमा एपीएफको यो दोस्रो स्वर्ण पदक हो ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा बागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र आर्मीले कास्य पदकमा चित्त बुझाए ।

फेन्सिङको पदक तालिकामा वागमती प्रदेश शीर्ष स्थानमा छ । बागमतीले ४ स्वर्ण, २ रजत सहित ६ पदक जितेको छ । त्यसैगरी आर्मीले ३ स्वर्ण, ५ रजत र ७ कास्य सहित १५ पदक प्राप्त गरेको छ ।

सशस्त्र प्रहरी २ स्वर्ण, ३ रजत र ६ कास्य सहित ११ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम १ स्वर्ण, २ कास्यसहित ३ पदक लिएर चौथो, प्रदेश १ ले ३ कास्य सहित पाँचौ र २ काश्य जितेको गण्डकी प्रदेश पदक तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?