+
+

नवौं राष्ट्रिय खेलकुद : गल्फमा बागमतीलाई ३ स्वर्ण, पुरुषतर्फ आर्मीका तामाङ विजेता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते १८:३१

२९ असोज, पोखरा । नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् ।

पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् ।

प्रदेश १ का युवराज भुजेलले कास्य पदक जिते ।

समूह चरणको खेलमा भने बागमती विजयी बन्न पुग्यो । समूह अन्तगर्त पुरुष र महिला दुवै इभेन्टमा बागमतीले स्वर्ण जित्यो ।

एकलतर्फ महिलाको स्वर्ण पनि जितेको बागमतीले कुल ४ मध्ये तीन स्वर्ण हात पारेको छ । पुरुषतर्फको टिममा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र नेपाल आर्मीले कास्य पदक जितेको छ ।

महिलातर्फको प्रतिस्पर्धामा बागमतीकी कष्मिरा शाहले स्वर्ण, बागमतीकै तारा कार्कीले रजत र प्रदेश १ की सुष्मा सिग्देलले कास्य पदक जितिन ।

महिला टिम इभेण्टमा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र गण्डकीले कास्य पदक जितेको छ ।

समूह चरणको प्रतियोगिता अन्तर्गत महिला/पुरुष स्वर्ण विजेता टिमका खेलाडीले स्वर्ण सहित जनही १५ हजार रुपैयाँ पाएका छन ।

व्यक्तिगततर्फका विजेताले स्वर्णसहित २५ हजार रुपैयाँ नगद पुरस्कार राष्ट्रिय खेलकुद परिषदबाट पाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?