+
+

सामाजिक सञ्जालबाट भिटेन गायब, युट्युबबाट गीत हटाएर फेरि राखे

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते ११:२६

काठमाडौं । र्‍यापर भिटेनको मस्तिष्कमा अहिले के कुरा चलिरहेको छ ? यो कुरा उनी आफैं बाहेक अरु कसैलाई थाहा छैन । तर जे चलिरहेको छ ठिकठाक चलिरहेको छैन ।

गत साता जापान कन्सर्टमा ‘बबाल’ गरेयता भिटेनको स्थितिलाई लिएर उनका फ्यान चिन्तित छन् । उनको एक इन्स्टाग्राम लाइभलाई लिएर समेत थप चिन्ता बढेको छ ।

सामाजिक सञ्जालमा भिटेनका फ्यानले मानसिक स्वास्थ्यको ख्याल गर्न पनि सुझाएका छन् । यस्तोमा, फ्यानलाई चिन्ता थप्ने गरी भिटेनले अर्को काम गरेका छन् । आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट उनले एउटा बाहेक सबै गीत हटाए । १३ दिनअघि रिलिज भएको ‘आफ्नै बाटो’ बोलको गीत बाहेक भिटेनले सबै गीत हटाएका थिए । तर बुधबार दिउँसो भने आफूले हटाएका सबै गीत उनले युट्युबमा पुन: राखेका छन् ।

मंगलबार रातिदेखि भिटेनले यी सबै गीत गायब बनाएका हुन् । यति मात्र होइन, इन्स्टाग्रामबाट पनि भिटेनले दुईवटा बाहेक सबै तस्वीर डिलेट गरेका छन् । उनको फेसबुक पेज पनि निष्क्रिय छ ।

उनले किन यस्तो गरे भन्ने कुरालाई लिएर सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ । मुडी स्वभावका भिटेनको यस्तो हर्कतले फ्यानलाई थप चिन्तित बनाएको छ । भिटेन गत सातासम्म जापानमा थिए । उनको अन्तर्राष्ट्रिय टुर पनि चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?