+
+

धनतेरसका लागि असर्फी किन्न टक्सार विभागमा सर्वसाधारणको भीड (फोटोफिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ कात्तिक ३ गते १८:३०

३ कात्तिक, काठमाडौं । काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा सर्वसाधारणको बाक्लो भीड छ । तिहारमा धनतेरस पुज्नका लागि सुन र चाँदीका सिक्का किन्नेहरु लाइनमा छन् ।

सुन्धारामा रहेको राष्ट्र बैंकको टक्सार विभाग धरहरा पुनर्निर्माण हुने भएपछि भत्किएको थियो । जसले गर्दा साढे २ वर्षसम्म पानीमा भिजेको मेसिनले गत चैतबाट असर्फी उत्पादन सुरु गरेर बेच्न लागिएको राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोद आचार्यले जानकारी दिए ।

गत वर्षको तिहारमा नै बबरमहलस्थित भाडामा लिएको घरमा मेसिन जडान गरेर परीक्षणका लागि असर्फी उत्पादन गरेको भएपनि गत चैतबाट मात्रै व्यावसायिक उत्पादन सुरु गरेको उनले बताए ।

राष्ट्र बैंकले सधैं यस्तो असर्फी बिक्री गरिरहेकै हुन्छ । तर, तिहार नजिकिएपछि यस्तो असर्फीको बिक्री ह्वात्तै बढ्ने भए पनि त्यसलाई सहजीकरण गर्ने गरेको छ ।

सुन र चाँदीको सिक्का’ नै असर्फी हो । यो मुद्रा भए पनि चलनचल्तीमा आउने मुद्रा हैन । सुनलाई सिक्काको आकार दिएर बनाउने काम राष्ट्र बैंकले गर्छ । ‘असर्फी’ किन्नेहरु प्रायः उच्च र मध्यम वर्गीय परिवारका हुन्छन् । काठमाडौंमा मात्रै असर्फी बेचिने भएकाले उपत्यकाबाहिरका सर्वसाधारणले यस्तो सुविधा पाउँदैनन् । नेपाल राष्ट्र बैंकले ३ कात्तिक बिहीबारदेखि तिहार (धनतेरस) का लागि सुन र चाँदीको असर्फी बिक्री सुरु गरेको छ ।

राष्ट्र बैंकको टक्सार विभागबाट २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी बिक्री सुरु भएको हो । यस्तै चाँदीको भने १० ग्रामको मात्रै असर्फी बिक्री भइरहेको आचार्यले बताए । १.५ ग्रामका असर्फी भने यस वर्ष उपलब्ध नरहेको राष्ट्र बैंकले जनाएको छ । विभागले १.५ ग्रामको असर्फी उत्पादनको लागि प्रस्तव पठाएको भएपनि राष्ट्र बैंक्को व्यवस्थापनबाट कुनै जवाफ नआएपछि यस वर्ष २.५ ग्राम, ५ ग्राम र १० ग्रामका मात्रै सुनका असर्फी उपलब्ध रहेको उनले बताए ।

सुनको असर्फीको मूल्य सुनको मूल्यमा भएको घटबढ अनुसार दैनिक रुपमा तलमाथि हुने उनले बताए । बिहीबार सर्वसाधारणले १० ग्रामको सुनको असर्फी ८२ हजार ९०२ रुपैयाँ ५ ग्रामका असर्फीको मूल्य ४१ हजार ४५१ रुपैयाँ र २.५ ग्रामको सुनको असर्फीको मूल्य २० हजार ७२६ रुपैयाँ पर्ने राष्ट्र बैंकले जनाएको छ ।

१० ग्रामको चाँदीको असर्फीको मूल्य भने १ हजार ६०० रुपैयाँ रहेको छ ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?