+
+

नासा सेक्युरिटिजले सुरु गर्‍यो मार्जिन कारोबार सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १५:१७

३ कात्तिक, काठमाडौं । स्टक ब्रोकर नम्बर (५८) नासा सेक्युरिटिजले मार्जिन कारोबार सुविधा सुरु गरेको छ । २०७५ मै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि लागु भएपनि उक्त कार्यविधि समयसापेक्ष नहुँदा मार्जिन कारोबार सुरु गर्न नसकेको ब्रोकरले बताएका थिए ।

त्यसपछि उक्त कार्यविधि संशोधनका लागि नेप्सेले सिफारिस गरेर संशोधन भएर १५ वैशाखमा २०७९ मा संशोधित व्यवस्था कार्यान्वयनमा आएको थियो । संशोधित व्यवस्था आएको करिब ६ महिनापछि नासा सेक्युरिटीज कम्पनीबाट लगानिकर्ताले कर्जा लिएर सेयर खरिद गर्नसक्ने भएका हुन् ।

नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ जारी गरेपछि लगानिकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्युरिटिज पहिलो ब्रोकर कम्पनी भएको कम्पनीको दावी छ ।

नासा सेक्युरिटिजले नियमनकारी निकायहरुको मार्गनिर्देशन र मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ बमोजिम लगानिकर्ताहरुका लागि २ प्रकारका योजनाहरु ल्याएको जनाएको छ ।

पहिलो योजना अन्तरगत १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्ने कम्पनीले जनाएको छ ।

सो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइने र यसमा सेवा शुल्क र ब्याजसहित जम्मा शुल्क ९ हजार ९९९ मात्र लाग्ने जनाएको छ । दोस्रो योजना १० लाखसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ र यसमा सेवा शुल्क र ब्याजसहित जम्मा शुल्क १ हजार ५८ रुपैयाँ लाग्नेछ ।

यी सुविधा उपभोग गर्न चाहने ग्राहकले नेप्सेबाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीभित्र रही कारोबार गर्नुपर्ने जनाएको छ ।

कम्पनीले दुवै योजना ग्राहकहरुले आवेदन दिएको ५८ मिनेट भित्रमा स्वीकृत गर्ने उल्लेख गरेको छ । यस कम्पनीसँग हाल उपलब्ध स्रोत धेरै भन्दा धेरै लगानीकर्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यबाट परिचालन गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?