+
+

इसेवा मनी ट्रान्सफर र इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १८:२५

काठमाडौं । इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतासँगै यूएईमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सक्ने इसेवा मनी ट्रान्सफरले जनाएको छ ।

इमिरेट्स इण्डिया मार्फत नेपालमा बैंक तथा वित्तीय संस्थाको खाता वा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सकिने कम्पनीले जनाएको छ । यसका साथै इमिरेट्स इण्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरी इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । निकट भविष्यमै कम्पनीको मोबाइल एपबाट पनि यो सेवा उपलब्ध गराउने जनाएको छ ।

हाल इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान जारि रहेकोले इमिरेट्स इन्डियाको माध्यम हुँदै युएईबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म हरेक महिना एक जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न सक्ने जनाएको छ ।

इमिरेट्स इण्डिया मार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई नगद रेमिट्यान्स पनि पठाउन सक्ने जनाएको छ । जसलाई नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा धेरै एजेन्ट नेटवर्कको सञ्जालबाट प्राप्त गर्न सकिनेछ ।

साथै, इमिरेट्स इण्डिया मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेट्मा प्राप्त गर्दा सेवाग्राहीले थप २०० रुपैयाँ बोनस समेत पाउनेछन् । यस्तै मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ ।
रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र इमिरेट्स इण्डियाका तर्फबाट जनरल म्यानेजर अली मोहम्मद एलम्रानीले हस्ताक्षर गरे ।

‘युएई नेपालीहरुको प्रमुख रोजगार गन्तब्य भएकाले इमिरेट्स इण्डिया जस्तो पहिला देखि नै स्थापित अन्तराष्ट्रिय एक्सचेञ्ज कम्पनीसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा एकदमै उत्साहित छौं,’ इसेवा मनी ट्रान्सफरका सिइओ अजेस कोइरालाले भने, ‘अनलाइन माध्यमबाट डिजिटल रेमिट्यान्स सेवा उपलब्ध भएकाले पनि सेवाग्राहीहरुलाई यस माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउन थप सहजता मिल्ने कुरामा पनि हामी विश्वस्त छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?