+
+

प्रधानमन्त्री कप क्रिकेट : ज्ञानेन्द्रको कप्तानीमा बागमतीको टोली घोषणा, पृथु उपकप्तान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ९ गते १२:०१

९ कात्तिक, काठमाडौं । यही कात्तिक १३ देखि २६ गतेसम्म आयोजना हुने प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ ।

बागमती प्रदेश क्रिकेट संघले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टिमको उपकप्तानमा पृथु बास्कोटा छन् ।

यस्तै ४ वैकल्पिक खेलाडीको नाम पनि घोषणा गरिएको छ ।

समूह बी मा रहेको बागमती प्रदेशले पहिलो खेलमा कात्तिक १३ गते मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । यस समूहमा लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ पनि छन् ।

बागमती टिम : ज्ञानेन्द्र मल्ल( कप्तान), पृथु बास्कोटा (उपकप्तान) रित गौतम, विवेक राना मगर , दुर्गेश थापा (विकेटकिपर), आशुतोष घिरैया  इशान पाण्डे, नन्दन यादव, रामनरेश गिरी, प्रतिश जिसी, रिजन ढकाल,सूर्य तामाङ, तिलक राज भण्डारी, सोनु देवकोटा

वैकल्पिक : गौरव खड्का, गौतम केसी, अशोक पौडेल, रामाशिस महतो

प्रशिक्षक : सासन जंग थापा

म्यानेजर : सुजन महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?