+
+

रोहित शर्माको खेल हेर्न अष्ट्रेलिया पुगे नेपाली समर्थक महेन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १४:५६
Photo Credit : OneCricket
महेन्द्र ।

काठमाडौं । भारती क्रिकेट टिमका कप्तान रोहित शर्माको खेल हेर्न अष्ट्रेलियाको सिड्नी पुगेका एक जना नेपाली समर्थक सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

रोहितको डाई हर्ट फ्यान बताउने नेपालका महेन्द्र टी-२० विश्वकप अन्तर्गत भारत र नेदरल्याण्ड्सबीच बिहीबार भएको खेल हेर्न सिड्नी पुगेका हुन् ।

सुपर १२ अन्तर्गत भारत र नेदरल्याण्ड्सबीद्ब सिड्नी क्रिकेट ग्राउण्डमा भएको खेल हेर्न त्यहाँ पुगेका महेन्द्र सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

उनले आफूले १० वर्षदेखि रोहित शर्मालाई फलो गरिरहेको बताएका छन् ।

‘म रोहित शर्माको ठूलो फ्यान हुँ । उनी भारतीय टिम र मुम्बई इन्डियन्सको पनि कप्तान हुन् । म विशेषगरी उनलाई हेर्न आएको हुँ । मैले १० वर्ष हुँदादेखि उनलाई फलो गर्दै आएको छु’, हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा महेन्द्रले भनेका छन् ।

भारतले नेदरल्याण्ड्सलाई ५६ रनले पराजित गर्दा रोहित शर्माले ५३ रन बनाएका थिए ।

महेन्द्रसँगको कुराकानीको भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?