+
+

चुनावपछि सत्तारुढ गठबन्धन फुट्छ, एमालेले सरकार बनाउँछ : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १८:०१

१४ कात्तिक, बुटवल । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले ४ मंसिरको चुनावपछि सत्तारुढ गठबन्धनमा फुट आउने दावी गरेका छन् ।

सोमबार रुपन्देहीमा एमालेले गरेको कार्यक्रममा उनले सत्ता गठबन्धनले भावी प्रधानमन्त्री समेत तोक्न नसकेको र चुनावपछि भागबण्डाकै कारण गठबन्धन फुट्ने र एमालेको सरकार बन्ने दावी गरे ।

‘सत्ता गठबन्धनमा चुनाव अगावै आंशिक फुट आइसकेको छ’, पौडेलले भने–‘चुनावको नतिजा पनि भनेजस्तो आउंदैन, त्यसपछि गठबन्धन पुरै फुट्छ र एमालेकै नेतृत्वमा सरकार बन्छ ।’

उनले नेकपा एमालेले अघि सारेका विकास निर्माण र योजनाहरुबाट विपक्षीहरु आत्तिएको बताएका छन् । तिनाउ–दानव करिडोर, मोतीपुर औद्योगिक क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र, कालीगण्डकी तिनाउ डाइभर्सन, सिद्धबाबा सुरुङमार्ग, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला विकास पूर्वाधारका कारण एमालेको लोकप्रियता बढेको पौडेलले दावी गरे ।

‘एमालेको सरकारको पालामा विष्णु पौडेलले रुपन्देहीको रुप बदल्ने र विकासमा रोलमोडल बनाउने गरी एक पछि अर्को ठूला आयोजना ल्याउने र बजेट पार्ने गरेपछि विपक्षीहरु आत्तिएका हुन्’, पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?