+
+

ट्वीटरमा डिएम गर्न पनि पैसा तिर्नुपर्ने !

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते ११:०८

काठमाडौं । एलन मस्कले ४४ अर्ब डलरमा माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गरेसँगै एकाएक महत्वपूर्ण निर्णयहरु लिइरहेका छन् ।

अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने नियम लागू गरेका मस्कले कम्पनीका कर्मचारीलाई सप्ताहन्तमा समेत विदा नलिइकन १२ घण्टा काम गर्न आदेश दिएका छन् ।

यसैबीचमा ट्वीटर प्रयोगकर्ताका लागि अर्को चिन्ता थपिएको छ । समाचार अनुसार अब ट्वीटरमा मेसेज अर्थात् डिएम गर्दा समेत पैसा तिर्नुुपर्ने भएको छ । यद्यपि डिएममा शुल्क लाग्ने नियम ट्वीटर ब्लू सब्सक्रिप्सनको हिस्सा हुन्छ वा हुँदैन, त्यस विषयमा अहिले कुनै जानकारी दिइएको छैन ।

चर्चित एप अनुसन्धानकर्ता जेन मान्चुन ओंगले एक ट्वीट गर्दै ट्वीटरमा मेसेज पठाउनका लागि शुल्क तिर्नुपर्ने नियम ट्वीटरले लागू गर्न थालेको दाबी गरेका छन् । यद्यपि यस विषयमा ट्वीटरले आधिकारिक रुपमा केहीपनि बताएको छैन ।

सीईओ पराग अग्रवाल सहित विभिन्न वरिष्ठ अधिकारीलाई बर्खास्त गरेका एलन मस्कले कम्पनीका ५० प्रतिशत अर्थात् करीब ३७ सय जनशक्ति कटौती गर्ने योजना बनाएको बताइएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?