+
+

निर्वाचन आयोगले तोसिमालाई भन्यो : घण्टी नबजाऊ, ध्वनि प्रदूषण हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १२:५७

२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन दिएको छ ।

घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

प्रचारप्रसार र घरदैलोका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले आफ्नो दलको चिह्न घण्टी लिएर हिँड्ने र बजाउने गरेका थिए ।

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

त्यतिबेला कुनै निर्णय र निर्देशन नदिएको आयोगले पछि भने घण्टी बजाएर प्रचारप्रसार नगर्न निर्देशन दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले बताए । उनले भने, ‘आयोगबाट हामीलाई घण्टी लिएर बजाउँदै नहिँड्नु भनी निर्देशन आएको छ ।

निर्वाचन आयोगले भने यसबारे कुनै निर्देशन नगएको दाबी गरेको छ । ‘उहाँहरुलाई केही साताअघि यसबारेमा स्पष्टीकरण सोधेको हो’ निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले भने, ‘उहाँहरुका बारेमा कुनै निर्णय भएको छैन, निर्देशन गएको पनि होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?