+
+

वैज्ञानिकहरुले प्रयोगशालामा बनाए डुप्लिकेट रगत, विरामीका लागि हुनेछ सञ्जवनी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १३:०४

२३ कात्तिक, काठमाडौं । रगतका विषयमा वैज्ञानिकहरुले गरेको नयाँ खोज कुनै जादूभन्दा कम छैन । बेलायती वैज्ञानिकहरुले संसारमै पहिलोपटक दुईजविचिना व्यक्तिलाई प्रयोगशालामा तयार पारिएको रगत चढाएका छन् ।

यद्यपि यो प्रयोगशालामा उत्पादित रगतको पहिलो क्लिनिकल परीक्षण हो, जसको सफलता रगतसँग सम्बन्धित रोगसँग जुधिरहेका बिरामीहरुका लागि सञ्जिवनी बुटी सावित हुनेछ ।

साथै दुर्लभ रक्त समूह भएका मानिसहरुका लागि समेत यो निकै उपयोगी हुनेछ । दुर्लभ ब्लड ग्रुप भएका मानिसहरुका लागि सहजै रगत प्राप्त हुँदैन । जसका कारण कहिलेकाहीँ बिरामीहरुको मृत्यु पनि हुने गर्दछ ।

नेसनल इन्स्टिच्यूट अफ हेल्थ एण्ड केयर रिसर्चका शोधकर्ताहरुले प्रयोगशालामा रगत उत्पादनका लागि स्वयंसेवी रक्तदाताको स्टेम कोशिकाको प्रयोग गरेका थिए । त्यसरी तयार पारिएको रगत दुईजना स्वयंसेवकमा ५ देखि १० मिलिलिटर सम्म चढाइएको छ ।

प्रयोगशालामा तयार भएका रक्त कोशिकाहरुले प्राकृतिक रगतमा हुने रक्तकोशिकाले भन्दा पनि राम्रोसँग काम गर्ने अपेक्षा वैज्ञानिकहरुको छ ।

ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक एशले टोयका अनुसार स्टेम कोशिकालाई रक्त कोशिकामा परिणत गर्नेतर्फ यो प्रयोग एक ठूलो कदम हुनेछ ।

प्रयोगशालामा निर्मित रगत चढाइएका दुईजना व्यक्तिको निरन्तर निगरानी जारी राखिएको छ । उनीहरु दुवैजनामा अहिलेसम्म कुनैपनि साइड इफेक्ट देखिएको छैन र पूर्णरुपमा स्वस्थ छन् ।

यो परीक्षणका लागि चार महिनाभित्रमा कम्तिमा १० जनामा दुईपटक उक्त रगत चढाइनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?