+
+

सामसुङ ग्यालेक्सी ए०४ नेपाली बजारमा, कति पर्छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १२:५१

काठमाडौं । सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन सामसङ ग्यालेक्सी ए०४ नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार नयाँ पुस्ताका नयाँ मोबाइल फोन प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य र आदर्श फोन रहेको कम्पनीको भनाइ छ ।

ग्यालेक्सी ए०४ फोनले सामसुङ रिलिजहरूका लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुको साथै अपग्रेडहरू पनि ल्याएको कम्पनीको भनाइ छ । जसले यो नयाँ फोनलाई युवा प्रयोगकर्ताहरूको मझ एक आदर्श फोन बनाउने विश्वास कम्पनीको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङमा सधैं हाम्रा ग्राहकहरूलाई विश्वासको भावना दिन सक्ने विश्वसनीय उत्पादनहरू लिएर आएका छौं। यही ब्रान्ड पेडिग्रीको साथ हामीले नयाँ एन्ट्री–लेभल स्मार्टफोन ग्यालेक्सी ए०४ लन्च गर्दै छौं जसले तपाइँको सबै पलहरूलाई यसको उत्कृष्ट ५०एम पी क्यामेराबाट क्याप्चर गर्दछ र यसको ठूलो ज्वलन्त स्क्रिन र दलबी एत्मोसको उत्कृष्ट अडियोको सँग तपाईंलाई गुणस्तर कन्टेन्ट खपतको अनुभव प्रदान गर्दछ ।“

नयाँ ग्यालेक्सी ए०४मा ५०एम पी क्यामेरा रहेको छ, जुन स्मार्टफोनको यो किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको छ। धेरै ग्राहकहरूका लागि पहुँचयोग्य फोनमा उच्च गुणस्तरको क्यामेरा भएको कारणले यस फोनबाट अझ धेरै प्रयोगकर्ताहरुले आफ्ना बहुमूल्य क्षणहरू र सम्झनाहरू खिच्न मौका पाउने कम्पनीले बताएको छ ।

उच्च गुणस्तरको क्यामेरा हुने भएकोले प्रयोगकर्ताहरूले प्रत्येक क्लिक र क्लिपहरूको माध्यमबाट प्रत्यके पलहरुलाई अझ जीवित बनाउने विश्वास कम्पनीको छ ।

५००० एमएएचईन–बक्स ब्याट्री भएको १५वाट फास्ट चार्जर भएकोले यही मोबाइल फोन मार्फत प्रयोगकर्ताहरूले धेरै काम गर्नसक्ने कम्पनीले बताएको छ ।

६.५” फुल–स्क्रिन र डल्बी एटमसको आवाजको साथ, ग्यालेक्सी ए०४ले उपभोक्ताको मन पर्ने सबै कार्यक्रम र चलचित्रहरूको आनन्द दिने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार सामसङ ग्यालेक्सी ए०४ दुईवटा र्‍याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ। ४ जीबी प्लस ६४जीबी भेरियन्टको मूल्य १६ हजार ९९९ र ३ जीबी प्लस ३२ जीबी भेरियन्टको मूल्य १४ हजार ९९९ रहेको छ। यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन रंगमा उपलब्ध छ।

सामसङको स्मार्टफोन रोस्टरमा ग्यालेक्सी ए०४ थपिएबाट कम्पनीले नेपाली बजारमा अर्को उत्कृष्ट बजेट फोन उपलब्ध गराउन सक्षम भएको कम्पनीले बताएको छ । सामसङले आफ्ना प्रयोगकर्ताहरूलाई किफायती मूल्यमा आकर्षक फिचरहरू ल्याएको र यसले यो फोनलाई युवा प्रयोगकर्ताहरूका लागि एक आदर्श उपकरण बनाउने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?