+
+

दि नेपाल डिस्टिलरिजलाई आईएसओ मान्यता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १७:५१

काठमाडौं । खुकुरी रम उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज प्रालि’ले ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र प्राप्त गरेको छ ।

कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय, डीएनभी (यूकेएएस) बाट यो प्रमाणपत्र प्राप्त गरेको हो । कम्पनीका अनुसार यो प्रमाणपत्र एक विश्वव्यापी मानक हो, जसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरु तय गर्दछ ।

दि नेपाल डिस्टिलरिजले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रीत गर्दै आइरहेको कम्पनीको भनाइ छ । आफ्नो उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि चुस्तदुरुस्त र समयसापेक्ष बनाउँदै आएको कम्पनीले बताएको छ ।

यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनाएको छ ।

दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभास लामिछानेले ‘आईएसओ ९००ः२०१५’ प्रमाणपत्रलाई कम्पनीको जीवनमा एउटा कोशेढुंगाको रुपमा चित्रित गर्दै कम्पनीका लागि गौरवको विषय भएको बताए । यो मान्यताले आगामी दिनमा कम्पनीको उत्पादन गुणस्तर र आन्तरिक कार्य प्रणालीलाई समेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने उनले प्रतिबद्धता जनाए ।

कम्पनीका अनुसार खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी ह्वाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन हुँदै आएको छ । यी उत्पादन विश्व बजारमा निर्यात पनि हुँदै आएका छन् ।

हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?