+
+

‘बोक्सीको घर’को आक्रामक ओपनिङबारे दीपकराज गिरी : ‘स्टार होइन, स्क्रिप्टमा लगानी गरौं’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १३:१७

काठमाडौं । ‘बोक्सीको घर’को ओपनिङ धेरैका लागि ‘अनपेक्षित’ हो । सामाजिक कथावस्तुमा बनेको यो फिल्मले क्रमशः पिकअप लिन सक्ने अनुमान धेरैको थियो । तर शुक्रबार र शनिबार यसले जसरी ओपनिङ गरेको छ, धेरैका लागि यो चकित तुल्याउने परिघटना नै हुनुपर्छ ।

वितरण कम्पनी टि–फोकका अनुसार फिल्मले पहिलो सप्ताहन्त दुई करोड ग्रसभन्दा धेरै कमाइ गरेको छ । केकी अधिकारी स्टारर फिल्मको यो ओपनिङलाई लिएर फिल्मकर्मीले पनि प्रतिक्रिया जनाउन थालेका छन् । दीपकराज गिरीदेखि शोभित बस्नेतसम्मले ‘बोक्सीको घर’बारे टिप्पणी गरेका छन् ।

अहिले ‘छक्कापञ्जा ५’ को तयारीमा व्यस्त दीपकराज गिरीले त ‘बोक्सीको घर’को ओपनिङ सन्दर्भमा फेसबुकमा स्टाटस लेख्दै धारणा राखेका छन् । स्टारमा होइन, स्क्रिप्टमा लगानी गर्न आग्रह गरेका छन् ।

उनी लेख्छन्, ‘पोष्टरमा एक नायिका मात्रै छ तर फिल्मको ओपनिङ मल्टिस्टारर फिल्म भन्दा बलियो छ । त्यसैले स्टारमा होइन स्क्रिप्टमा लगानी गरौं । बधाई केकी र बोक्सिको घर टिम ।’

शोभित लेख्छन्, ‘न ब्रान्ड न सिक्वेल । न ३०-४० लाखवाला टाउको । न सिक्वेल मात्र हिट । फ्लप फिल्म बनाउने डाइरेक्टर तर नि फिल्मले हान्यो यो हो नि क्रेज केकी अधिकारीको । यहाँ त कुरा मात्र ठूलो गर्ने आखिर नम्बर १ त केकी पो रहेछ त ।’

सुलक्षण भारती निर्देशित फिल्मको शो शनिबार देशभर हाउसफुल थियो । आइतबार फिल्मको अकुपेन्सीमा मध्यान्हमा गिरावट आएको देखिन्छ । मध्यान्हको अकुपेन्सी २०–३० प्रतिशत छ । अपरान्ह र बेलुका प्रतिशतमा वृद्धि हुनसक्छ ।

बुधबार पनि सार्वजनिक बिदा भएकाले यो फिल्मले घरेलु बक्स अफिसमा अर्को उत्कृष्ट कमाइ गर्न सक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?