+
+

७ लाख घरधुरीमा वर्ल्डलिंकको इन्टरनेट सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १२:४४

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिंकले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुंगा पार गरेको हो ।

३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिंकले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ ।

२०७४ जेठमा एक लाख ग्राहक सङ्ख्या पुरा गरेको वर्ल्डलिंकले त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको कम्पनीले जनाएको छ ।  देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिंकमा हाल पाँच हजार भन्दा बढी कर्मचारी कार्यरत छन् ।

देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिंकको इन्टरनेट सेवा पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

देशको कुल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत वर्ल्डलिंकमार्फत जाने गरेको छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाइफाइ एक्सप्रेसमार्फत फ्री वाइफाइ समेत उपलब्ध गराइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वर्ल्डलिंकको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ३० लाख २४ हजारभन्दा बढी रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?