+
+

झापा ३ को मतगणना सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ९:४२

५ मंसिर, काठमाडौं । झापा–३ को मतगणना केहीबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक सकेर मतगणना सुरु गर्न लागिएको हो ।

झापा ३ का निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले केहीबेरमै मतगणना सुरु हुने जानकारी दिए । ‘सर्वदलीय बैठक भर्खर सकियो । बाकसबाट मत खन्याउने काम हुँदैछ । मत गणना सुरु गर्न आधा घन्टा जति लाग्ला,’ निर्वाचन अधिकृत ज्ञवाली भने ।

झापा ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला गठबन्धनबाट उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?