+
+
हेलेनको संघर्षकथा :

एक चर्चित नर्तकी, जसको जीवन दुःख र तिरस्कारले घेरिरह्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १९:५५

एक कुशल नर्तकी, जसको सुन्दरता र नृत्यले युवाहरुको मुटुको चाल बढाइदिन्थ्यो । पिया तू अब तो आजा, आओ ना गले लग जाओ ना, ये मेरा दिल, आ जानो जा, महबूबा महबूबा जस्ता गीतबाट उनले थुप्रैको मन जितेकी थिइन् । हिन्दी सिनेमाको इतिहासमा उनी यस्ता नृत्यांगना थिइन्, जसमा विछट्टै आकर्षण थियो । उनलाई एक झलक हेर्नका लागि पनि मान्छेको ओइरो लाग्थ्यो । उनी थिइन्, हेलेन एन रिचडर्सन खान ।

तर, यो चमक दमकपूर्ण संसारमा पर्दापण गर्नुअघि उनको संसार अँध्यारो थियो । हेलेनको परिवार वर्मामा थियो । दोस्रो विश्वयुद्ध उत्कर्षमा रहेको बेला थियो त्यो । विश्वयुद्धकै क्रममा उनका पिताको मृत्यु भयो । लगत्तै जापानीहरुले बर्मालाई आफ्नो कब्जामा लियो । अवस्था यति नाजुक भयो कि, हेलेनको परिवार देश निकालामा परे ।

त्यसबेला उनको आमा गर्भवती थिइन् । सानो भाई, एक बहिनी र हेलेनलाई डोहोर्‍याउँदै उनकी गर्भवती आमा बर्मा छाड्नेहरुको लस्करमा मिसिइन् । उनीहरु पैदल हिँड्दै बर्माबाट भारत, असम पुग्यो । यति लामो दूरी छिचोल्न करिब ८६७ किलोमिटर हिँड्नुपर्थ्र्यो ।

त्यसबेला उनीहरुसँग न पैसा थियो, न खानेकुरा । भोकभोकै उनीहरुले कति गाउँ, कति जंगल पार गरे । भोकमरीले उनीहरुसँगै हिँडेका कतिपयको ज्यान गयो । कति बाटोमा बिराम भएर अलपत्र परे । हेलेनकी आमाको पनि गर्भपात भयो ।

आखिर उनीहरु भारतको सीमामा पुगे र संयोगले ब्रिटिश सेनाले हेलेनका आमा र भाईलाई अस्पताल पुर्‍याए । यात्राको क्रममा उनीहरुको शरीर कंकाल जस्तै भयो थियो । अस्पतालमै भाईको निधन भयो । दुई महिनासम्म हलेन, उनकी आमा र बहिनी अस्पतालमै रहनुपर्‍यो । जब अवस्था सामान्य सुधार भयो तब उनीहरु कोलकाता आएर बस्न थाले ।

कोलकातामा केही दिन बसेपछि उनीहरु मुम्बई पुगे । आमाले त्यहाँ नर्सको रुपमा काम पाइन् । यद्यपि उनको थोरै आर्जनले परिवारको पेट पाल्न धौ धौ हुन्थ्यो । उनीहरुको एक चिनजानका साथी थिइन्, कुक्कु । उनी हिन्दी सिनेमाका डान्सर थिइन् । उनैलाई देखेर हेलेनकी आमाले छोरीलाई नर्तकी बनाउने निधो गरिन् ।

हेलेनलाई नृत्य प्रशिक्षण दिइयो । कुक्कुले हेलेनलाई एक फिल्ममा कोरस डान्सरको काम दिए । त्यसपछि उनी लगातारजस्तो कोरस डान्सरकै रुपमा काम गरिरहिन् । फिल्म अलिफ लैला, हूर ए अरब जस्ता फिल्मबाट सोलो डान्सरको रुपमा देखापरिन् ।

सन् १९५८ मा उनी हावडा ब्रिज नामक फिल्मको एउटा गीतमा लिड डान्सरको रुपमा प्रस्तुत भइन् । गीत थियो, मेरा नाम चिन चिन चू । यो गीत नै उनको जीवनको टर्निङ प्वाइन्ट बनिदियो । यसपछि उनलाई धमाधम फिल्मको अफर आउन थाल्यो ।

सन् १९५८ देखि १९७२ सम्म हेलेन करिब ५०० फिल्ममा देखिइन् । सन् ६०, ७० र ८० को दशकमा उनी यस्ता एक्ला नर्तकी थिइन्, जसको अनुपस्थितीमा कुनै आइडम गीत सोच्नु पनि गाह्रो हुन्थ्यो । नर्तकी हुनका साथसाथै उनले केही फिल्ममा साहयक भूमिका पनि निर्वाह गरिन् ।  यस्तै भूमिकाका लागि उनलाई फिल्म फेयर अवार्ड पनि दिइयो, सन् १९० मा ।

उनको उर्जा, सुन्दरता, स्टाइल र पहिरन शैलीले त्यसबेला धेरैलाई लोभ्याउँथ्यो । हेलेनसँग त्यसबेला एकदमै राम्रो टिम थियो । यद्यपि उनी आफ्नो मेकअप स्वयम् गर्थिन् । आफुले लगाउने कतिपय पहिरनको डिजाइन पनि उनी आफैले गरेका हुन्थे ।

कतिसम्म भने, फिल्म चलाउनकै लागि त्यसताका हेलेनको आइटम डान्स राखिन्थ्यो । हेलेनलाई राखेपछि फिल्म हिट हुन्छ भन्ने मान्यता राखिन्थ्यो । स्क्रिन राइटरले पनि हेलेनलाई सोचेर कतिपय फिल्ममा आइटम गीत घुसाउँथे । उनी गोल्डेन गर्ल, स्टार हेलेन जस्ता नामहरुले चिनिएका थिए ।

उनको क्रेज कतिसम्म थियो भने खुलमखुला भिडमा निस्कनै नसक्ने । बुर्का ओडेर मात्र बाहिर निस्कने गर्थिन् ।

तर, जीवन सधै एकनासले चल्दैन । हेलेन कसरी यसको अपवाद हुन सक्थिन् । निर्देशक प्रेम नारायण अरोडासँग उनले विवाह गरिन् ।  प्रेम नारायाण त्यसबेला चल्तापूर्जा हस्थी थिए । तर उनको कमाई स्टार हेलेनको भन्दा कम थियो । जसै उनीहरुको दाम्पत्य जीवन अगाडि बढ्दै गयो, आर्थिक संकट पनि छाउन थाल्यो । हेलेनको सबैजसो कमाई उनले खर्च गरिदिए । आफ्नो दाम्पत्य सम्बन्धलाई बचाइराख्न हेलेनले खुब संघर्ष गरिन् । तर, उनी सफल भइनन् । सन् १९७४ मा उनीहरु अलग भए ।

त्यसपछिका दिन हेलेनका लागि निकै कष्टकर बन्यो । काम पाउन छाडिन् र भाडा तिर्ने पैसाको समेत अभाव हुन थाल्यो ।

सन् १९६४ मा फिल्म काबिल खानको छायांकन गरिरहँदा उनको भेट लेृखक, निर्देशक सलीम खानसँग भयो । एकसाथ काम गरिरहँदा उनीहरु नजिक भए । यद्यपि सलीम पहिले नै विवाहित थिए । उनी चार बच्चाका पिता थिए ।

खराब परिस्थिती चलिरहेको बेला हेलेनले सलिमको साथ पाइन् । सलिमले आफुले लेखेको फिल्म इमान धर्म, डन, दोस्टाना र शोले जस्तो फिल्ममा हेलनलाई स्थान दिए ।

लहू के दो रंग फिल्ममा पनि सलीमले हेलेनलाई सहयोग गरे । यसैबाट उनलाई बेस्ट सपोर्टिङ एक्टरका फिल्मफेयर अवार्ड मिल्यो । यसरी थाहै नपाई उनीहरु एकअर्कासँग निकट भए र विवाह गरे ।

विवाहपछि सलिमको परिवारले हेलेनलाई स्विकार गरेनन् । उक्त परिवारमा आफ्नो स्थान बनाउन हेलेनले बर्षौसम्म संघर्ष गर्नुप¥यो । आखिर सलिमको परिवारले हेलेनलाई स्विकार गर्‍यो ।

फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा सलमान खानले भनेका छन्, ‘मेरा पिताले दोस्रो विवाह गरेका थिए, जसले आमालाई निकै दुःखी बनाएको थियो । म आफ्नो आमालाई धेरै माया गर्थें, त्यसैले उनलाई म दुःखी देख्न सक्दिनथें । जब आमा मध्यरातसम्म पितालाई पर्खेर बस्थे, यो देखेर मलाई एकदमै नराम्रो लाग्थ्यो । त्यसैले हाम्रो परिवारले हेलेन आन्टीलाई घृणा गर्थ्यो । तर विस्तार विस्तारै परिस्थितीसँग सम्झौता गर्दै गयौं र हामीले हेलेन आन्टीलाई अपनायौं । अहिले उनी हाम्रै परिवारको प्रिय हिस्सा हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?