+
+

पर्सा ४ (क) मा दोहोरिए कांग्रेसका चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १९:५२

६ मंसिर, वीरगञ्ज ।  पर्साको क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शंकरप्रसाद चौधरी निर्वाचित भएका छन् । नेकपा एमालेका जयप्रकाश थारुलाई पराजित गर्दै उनी दोस्रो पटक निर्वाचित भएका हुन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

कांग्रेसका चौधरीले १२ हजार १ सय ५४ मत ल्याएर निर्वाचित हुँदा एमालेका जयप्रकाश थारुले १० हजार ४ सय ३८ मत प्राप्त गरे ।

योसँगै पर्सामा कांग्रेसले प्रदेशसभातर्फत दुई क्षेत्रमा जित निकालिसकेको छ । यसअघि पर्साको क्षेत्र नम्बर २ (क) मा कांग्रेसकै श्याम पटेल निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?