+
+

नर्भिक आईभीएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ११:५७

काठमाडौं । नर्भिक आईभीएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजकले स्वस्थ सन्तानलाई जन्म दिएकी छन् । शल्यक्रिया मार्फत शनिबार शिशु निकालिएको र हाल शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

“बढ्दो उमेरमा गर्भधारण गरी सन्तान जन्माउनु जोखिमपूर्ण मानिन्छ,” नर्भिक आईभीएफ सेन्टरकी वरिष्ठ टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्माले भनिन्, “अस्पतालको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै आईभीएफ मार्फत बच्चा जन्माउन सफल भयौं।”

विमलाका ३० वर्षीय छोराको आकस्मिक निधन भएपछि उनले अर्को सन्तान जन्माउने निधो गरेकी थिइन्। अर्को सन्तानको आगमनबाट खुशीको सीमा नरहेको उनले बताइन् ।

नर्भिक आईभीएफमा उपचारका लागि आएका रजक दम्पती पहिलो प्रयासमै आईभीएफ विधिबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिइन् । श्रीमतीको उमेर ५५ वर्ष र श्रीमान्‌को उमेर ६८ वर्ष छ।

नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्मोनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण यो उमेरमा आईभीएफ विधिबाट सन्तान जन्माउनु चुनौतीपूर्ण भए पनि आधुनिक सुविधा र दक्ष जनशक्तिका कारण सम्भव भएको डा. शर्माले बताइन्।

यसअघि पनि नर्भिक आईभीएफ सेन्टरमा उपचारपछि काठमाडौंकी ५४ वर्षीया महिलाले पनि जुम्ल्याहा सन्तान जन्माएकी थिइन्। डा. शर्माले भनिन्, “बढ्दो उमेर मात्र सन्तान प्राप्तिमा बाधक होइन भन्ने पुष्टि भएको छ। तर, सन्तान प्राप्तिको चाहना भएकाहरूले समयमै चिकित्सकसँग परामर्श गर्न जरुरी हुन्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?