+

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

२०८१ वैशाख  ११ गते ११:४४ २०८१ वैशाख ११ गते ११:४४
आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

निःसन्तान दम्पतीका लागि ‘बरदान’ भनिंदै आइएको छ, आईभीएफ (कृत्रिम गर्भाधान) प्रविधिलाई । हुनपनि कति दम्पतीलाई यसले सन्तान सुख दिलाएको छ । यद्यपि यस विधिमाथि पनि कतिपय संशय भने बाँकी नै छ ।

यसमध्ये एउटा संशय हो, के आईभीएफ विधिबाट जन्मिएका शिशुको स्वास्थ्य प्राकृतिक ढंगले जन्मिएको शिशुको जस्तै तगडा हुन्छ ? शारीरिक र मानसिक रुपमा उनीहरु तन्दुरुस्त हुन्छन् ?

के हो आभीएफ र प्राकृतिक गर्भधारण ?

आईभीएफ र प्राकृतिक गर्भधारण दुवैको प्रक्रियामा पुरुषको शुक्रकीट र महिलाको डिम्ब निषेचन गराइन्छ  । प्राकृतिक प्रक्रियामा शारीरिक सम्बन्ध भएपछि शुक्रकीट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा हुने गर्छ । जबकि आईभीएफ अर्थात् इन-भिट्रो फर्टिलाइजेसनमा कृत्रिम तरिकाले निषेचन गरिन्छ । निषेचन प्रक्रिया एक विशेष किसिमको प्रयोगशालामा हुने गर्छ । जसमा महिलाको डिम्ब र पुरुषको शुक्रकीटको निषेचन गरेर भ्रूणको विकास गरिन्छ ।

प्राकृतिक गर्भाधानमा डिम्बवाहिनी नलीमा निषेचन भएको भ्रूण प्राकृतिक रुपमा पाठेघरमा गएर बस्छ । अर्कोतर्फ, प्रयोगशालामा तयार पारेको निषेचित डिम्बलाई कृत्रिम रूपमा विशेष खालको पाइप (क्याथेटर)बाट पाठेघरमा राख्ने गरिन्छ । त्यसपछि निषेचित डिम्बबाट भ्रूणको वृद्धि विकास हुन्छ भने शिशु जन्माउने प्रक्रिया प्राकृतिक प्रक्रिया जस्तै हुन्छ ।

जोखिम कति हुन्छ ?

यत्तिकै बच्चा हेरेर प्राकृतिक रुपमा गर्भधारण गरेर जन्मिएको बच्चा हो वा आईभीएफ प्रक्रियाबाट जन्माएको बच्चा छुट्याउन असम्भव हुन्छ, थाहा पाउन सकिंदैन । तर पनि आईभीएफ प्रक्रियाबाट जन्माएको बच्चा उच्च जोखिममा हुन्छ । जस्तै बच्चा महिना नपुग्दै जन्मिने, कम तौलको जन्मिने र कहिलेकाहीं कम तौल भएकै कारण शिशुको मृत्यु समेत हुनसक्ने सम्भावना हुन्छ ।

आईभीएफका बच्चामा जन्मजात न्युरोलोजिकल विकार अर्थात् दिमाग र नसाको समस्या हुनसक्छ । साथै बच्चाहरुमा शारीरिक र मानसिक वृद्धि विकासमा समस्या, अपांगता हुने, अटिज्म तथा अन्य मानसिक समस्याको जोखिम हुन्छ ।

अनुसन्धानले के भन्छ ?

आईभीएफबाट गर्भाधारण गरेका गर्भवती महिला र शिशुको स्वास्थ्य अवस्था अत्याधिक जोखिमपूर्ण हुन्छ । यसो भन्दैमा प्राकृतिक रुपमा जन्मिने बच्चामा जोखिम नै नहुने होइन ।  प्राकृतिक रुपमा गर्भाधारण गरेर जन्माएको शिशुमा पनि स्वास्थ्य समस्या हुनसक्छ ।

विभिन्न अनुसन्धानले आईभीएफ प्रक्रियाबाट जन्माइने शिशुमा स्वास्थ्यको समस्या वा जोखिमपूर्ण हुनुमा आमाबुवाको प्रजनन् क्षमता र उमेर हुनसक्ने अनुमान गरिएको छ ।

यसबाहेक विशेषज्ञका अनुसार आईभीएफमा गर्भधारण गराउँदा एकभन्दा बढी निषेचित डिम्ब पाठेघरमा राख्ने गरिन्छ । जसकारण आईभीएफमा जुम्ल्याहा बच्चा जन्मिने सम्भावना बढी हुन्छ । जसकारण बच्चाको स्वास्थ्य समस्या हुने खतरा बढी हुन्छ ।

एजेन्सीको सहयोगमा

आईभीएफ शिशु स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.रिजालले दिए राजीनामा

राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.रिजालले दिए राजीनामा

के-के हुन्छ शरीरमा, जब हामीलाई झनक्क रिस उठ्छ ?

के-के हुन्छ शरीरमा, जब हामीलाई झनक्क रिस उठ्छ ?

नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मेरो उम्मेदवारी किन ?

नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मेरो उम्मेदवारी किन ?

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?