+
+

चितवनमा वात्सल्य नेचुरल आईभीएफको नयाँ क्लिनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १५:०१

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ नेपालले चितवनमा नयाँ क्लिनिक सञ्चालनमा ल्याएको छ ।

नयाँ क्लिनिकको शुभारम्भ क्लिनिकका कार्यकारी निर्देशक प्रशान्त सुवेदी र पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।

गुणस्तरीय प्रजनन् उपचार नेपालभर सहज रुपमा उपलब्ध गराउने प्रतिबद्धता अनुरुप नयाँ शाखाको विस्तार गरिएको सुवेदीले बताए । निकट भविष्यमै बुटवल, पोखरा, विराटनगर लगायतका सहरमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना रहेको उनले बताए।

चितवनमा विस्तार गरिएको नयाँ शाखाबाट नि:शुल्क आईयूआई (इन्ट्रा युटेराइन इन्सेमिनेसन) सेवा उपलब्ध हुने आईभीएफले जनाएको छ  । यस बाहेक यस क्लिनिकमा प्रजनन् जाँच, प्रसुतिपूर्वका सम्पूर्ण हेरचाह, ओवुलेसन इन्डकसन, आईभीएफ, फर्टिलिटी फ्रिजिङ जस्ता विभिन्न अत्याधुनिक प्रजनन् उपचारका सेवाहरु प्राप्त गर्न सकिने आईभीएफले जनाएको छ ।

२९ वैशाखमा होटल सिरायचुलीमा आयोजित समारोहमा ‘बाँझपनका प्रभावहरू र पार पाउने  तरिकाहरू’ शीर्षकमा प्यानल छलफल पनि गरिएको थियो । जहाँ प्रतिष्ठित वक्ताहरूले बाँझोपन र यसका सामाजिक प्रभाव,  उपचार र कानुनी प्रभावहरूका महत्वपूर्ण पक्षहरूबारे सम्बोधन गरेका थिए ।

डा. बिनुमा श्रेष्ठले नि:सन्तानसँग सम्बन्धित भावनात्मक र चिकित्सा चुनौती, क्यान्सर रोगले निम्त्याउने विभिन्न प्रजननका चुनौती, तिनका मानोवैज्ञानिक असर, क्यान्सर रोगीका लागि प्रजनन जस्ता विषयबारे आफ्नो धारणा राखेका थिए ।

यस्तै डा. शैलेन्द्रराज अधिकारीले नि:सन्तानसँग सम्बन्धित विभिन्न मनोवैज्ञानिक पक्षका बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सुनिता करमाचार्यले नि:सन्तान दम्पतीले समाजमा भोग्नुपर्ने चुनौती, यससम्बन्धि फैलिएका सामाजिक भ्रम, उपचारका चुनौती, आर्थिक सक्षमता जस्ता गहन विषयबारे स्पष्ट पारेका थिए भने पूर्णिमा कार्कीले नेपालमा आईभीएफ र सरोगेसीलाई नियन्त्रित गर्ने कानुनी परिदृश्यको बारेमा आफ्नो धारणा राखेकी थिइन् ।

यसबाहेक वात्सल्य प्रजनन् विशेषज्ञ डा. निजा राजभण्डारीले आईभीएफ उपचारका प्राविधिक पक्ष, उपचारमा देखिएको हालका विकासहरु, विभिन्न अवस्था जसले बाझोपन निम्त्याउन सक्छ, फ्रिजिंग टेक्नोलोजी जस्ता विभिन्न माह्त्वपूर्ण शिर्षकमा आफ्नो धारणा राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?