+
+

दाङबाट प्रदेशसभामा कांग्रेसका राजु खनाल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १३:१८

७ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका उपसभापति समेत रहेका खनालले नेकपा एमाले उम्मेदवार बलिभद्र रानालाई हराउँदै प्रदेशसभाको यात्रा तय गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाको सबै मत गणना गरीसकेर सबैको परिणाम एकैपटक सार्वजनिक गर्ने भनेकाले अहिले औपचारिक रुपमा परिणाम सार्वजनिक भएको छैन । तर कार्यालय स्रोतले भने १ हजारभन्दा बढी मत अन्तरले राजु खनाल विजयी भएको जनायो । स्रोतका अनुसार राजु खनालले १५ हजार ६१६ र एमालेका बलिभद्र रानाले १४ हजार ४४९ मत पाएका छन् ।

खनालका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलिभद्र रानाले १४ हजार ४४९ मत प्राप्त गरेका छन् । राना खनालसँग १ हजार १६७ मत अन्तरले पारजित भएका छन् ।

खनाल ०७० सालमा दाङ क्षेत्र नम्बर २ बाट चुनाव लडेर संंघीय सांसद बनेका थिए । ०७४ सालमा दाङ २ बाट माओवादीका नेता कृष्णबहादुर महरासँग पराजित भएका उनी अहिले प्रदेशमा झरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?