+
+

कञ्चनपुर-३ बाट कांग्रेसका रमेश लेखक निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २०:०२

७ मंसिर, धनगढी । नेपाली कांग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट लेखक १२ हजार मतान्तरसहित निर्वाचित भएका हुन् ।

उनले नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् । लेखकले ३० हजार ५२३ मत पाउँदा पालले १८ हजार ४४८ मात्र मत पाइन् ।

२०७४ सालको निर्वाचनमा एमालेका दिपकप्रकाश भट्टसँग झिनो मत अन्तरले पराजित भएका लेखकलाई यसपटक भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले साथ दिएका थिए ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका लेखक यसअघि २०५६ र २०७० सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?