+
+

रोनाल्डोको कीर्तिमानी गोल, घानामाथि पोर्चुगलको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १:५८

९ मंसिर, काठमाडौं । म्यानचेष्टर युनाइटेडबाट छुट्टिएर फ्री एजेन्ट बनेको दुई दिनपछि नै क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गर्दा पोर्चुगलले फिफा विश्वकपमा घानालाई ३-२ ले पराजित गरेको छ ।

स्टेडियमा ९७४ मा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि रोमाञ्चक बनेको दोस्रो हाफमा ५ गोल भयो । जहाँ रोनाल्डोले गोलको खाता खोलेका थिए । ६५औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए भने पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने ।

रोनाल्डोले २००६ मा विश्वकपमा डेब्यु गरेका थिए र त्यसयता खेलेको सबै ५ विश्वकपमा उनले गोल गर्दै कीर्तिमान बनाएका हुन् । रोनाल्डोले विश्वकपमा ८ गोल गरिसकेका छन् ।

सन् २०१८ को विश्वकपमा रोनाल्डोले स्पेन विरुद्ध ह्याट्रिकसहित ४ गोल गरे ।

पोर्चुगलले अग्रता लिएको केही समयपछि नै घानाले बराबरी गोल पर्काएको थियो । ७३औं मिनेटमा घानाका कप्तान आन्द्रे आयुले गोल गर्दै खेल बराबरी गरे ।

तर ७७औं मिनेटमा कप्तान आन्द्रे मैदान बाहिरिएपछि घानाले लगातार दुई गोल बेहोर्‍यो । ७८औं मिनेटमा जाओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए ।

८०औं मिनेटमा राफेल लिआओले गोल गर्दै पोर्चुगलको अग्रता ३-१ बनाए । दुवै गोलका लागि ब्रुनो फर्नान्डेजले असिस्ट गरेका थिए ।

३-१ को अग्रता लिएको अवस्थामा पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले कीर्तिमानी गोलकर्ता तथा कप्तान रोनाल्डोको स्थानमा गोलकालो रामोस र फेलिक्सको स्थानमा जाओ मारियोलाई मैदान पठाए । तर लगत्तै घानाले गोल फर्कायो ।

७७औं मिनेटमा मैदान प्रवेश गरेका घानाका ओसमान बुकारीले गोल गर्दै खेल ३-२ को अवस्थामा पुर्‍याएका थिए । इन्जुरी टाइमको नवौँ मिनेटमा घानाले खेल बराबरी गर्ने अवसर पाएपनि पोर्चुगलका रुवेन डियाजले गोलकिपर अघि बढिसकेको अवस्थामा बल क्लियर गर्दै संकट टारे ।

घानाले गोल गर्न नसक्दा पोर्चुगलले रोमाञ्चक जित हासिल गर्‍यो ।

जितपछि पोर्चुगलले समूह एचमा महत्वपूर्ण ३ अंक जोड्दा जोडेको छ । यस समूहको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

पोर्चुगलले अब उरुग्वेसँग दोस्रो खेल खेल्नेछ भने घानाले दक्षिण कोरियासँग खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?