+
+

नेपाली पात्रोको नयाँ अपडेटमा अनलाइन समाचारसहितको अद्भूत रेडियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १९:२९

काठमाडौं । नेपाली पात्रोले ‘अद्भूत रेडियो-रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने थिममा आईओएस तथा एन्ड्रोइड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ । दुई महिना अघि नेपाली पात्रोले ‘यो गज्जब छ’ भन्ने थिम सार्वजनिक गरेको थियो ।

नयाँ सार्वजनिक अपडेटले देशभर र देश बाहिरबाट सञ्चालन हुने नेपाली रेडियोहरुलाई समेट्नुका साथै रेडियोमा केही अद्भूत र रेडियो एप्लिकेसनमा प्रयोग नभएका केही नवीन र स्मार्ट सुविधा समेटेको हाम्रो पात्रोले जनाएको छ ।

हाम्रा नेपाली पात्रो प्रयोगकर्ता र नेपाली पात्रोमा रहेको रेडियोलाई अझै स्मार्ट, अद्भूत र विविध उपयोगी सुविधा समेटेर ‘अद्भूत रेडियो – रेडियो पनि अनलाइन समाचार पनि’ सार्वजनिक गरिएको नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोषकुमार देवकोटाले बताए ।

रेडियोका स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारीक अनलाइन समाचारका हेडलाइनहरु पनि देख्न सक्ने उनको भनाइ छ ।

सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम/रेडियोहरुले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरु सोही रेडियोको पेजमा पढ्न सकिने उनले बताए ।

उनले भने, ‘यो अद्भूत किन छ भने यसले प्रयोगकर्तालाई स्थानीय रेडियोले प्रशारण गरेको रेडियो सामाग्रीहरु मध्ये ताजा सूचना तथा समाचारहरु अनलाइन माध्ययमबाट पढ्न पनि सक्नेछन् । प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूलाई मनपरेको रेडियोलाई फेब गर्ने, विभिन्न सामाजिक सञ्जालमा सेयर गर्ने, उक्त रेडियो कतिजनाले सुने र कति वटा लाइक भयो भन्ने कुराहरु देख्न सक्नुहुनेछ ।ु

रेडियो सुन्ने प्रयोगकर्ताहरुले नेपाली पात्रो लग-इन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेशन समेत गर्न सक्ने उनले बताए । उनका अनुसार सम्प्रेसन गरिएका विचारहरुमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया समेत दिन सक्नेछन् ।

नयाँ अपडेटमा रेडियो खोज्नका लागि सजिलो सर्च माथिल्लो भागमै सहज हुनेगरी राखिएको भन्दै उनले भने, ‘नेपाली पात्रोमा धेरै सुनिने ट्रेण्डिङमा रहेका रेडियोहरु, प्रदेश अनुसारका रेडियोहरु, फ्रिक्वेन्सी सहितका रेडियोहरु र प्रिक्वेन्सी नभएका तर अनलाइन माध्ययममा रहेका लोकप्रिय अनलाइन रेडियोहरु पनि एप्लिकेशनको माथिल्लो ट्याबहरुमा समेटिएका छन् । यस सुविधाले प्रयोगकर्तालाई फ्रिक्वेन्सी रेडियो र अनलाइन रेडियो मध्ये जुन माध्ययमको रेडियो सुन्न मन लाग्छ सोही अनुसारको ट्याबलाई सेलेक्ट गरी आफूलाई मनपर्ने रेडियो सुन्न र खोज्न सजिलो बनाएको छ ।’

विश्वकप फुटबल प्रतियोगिता सक्किए लगत्तै अर्को अद्‍भूत सुविधा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?