+
+

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १६:३१

११ मंसिर, इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् ।

इलाम-१ बाट खनाल २ हजार ९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् ।

बस्‍नेतले २५ हजार ६९९ मत ल्‍याउँदा खनालले २३ हजार ४५ मत पाए ।

खनालले यो क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् ।

खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?