+
+

माओवादीमा एमालेसँग मिलेर सरकार बनाउने विकल्प खुला

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १७ गते १७:३८
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा ।

१७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो छलफल भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकपछि कुराकानी गर्दै महराले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला राख्ने निर्णय भएको बताए । ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन,’ उनले भने, ‘अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ ।’

एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुल्ला राख्नु भएको हो भन्ने प्रश्नमा महराले भने, ‘सबै विकल्प खुल्ला छ, तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय हामीले गरेका छैनौं ।’

माओवादीले पहिलो चरणमै आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दैं आएको छ। कतिपयले नेपाली कांग्रेस यसका लागि तयार नभए एमालेसँग पनि माओवादी मिल्नसक्ने आशंका गरेका छन् । एमाले नेताहरुले पनि माओवादीलाई सँगै मिलेर जानका लागि आह्वान गरिरहेका छन्।

बैठकमा चुनावी नतिजाबारे भने प्रारम्भिक छलफल भएको थियो । अपेक्षा गरेजस्तो नजिता नआएको निष्कर्षमा बैठक पुगेको महराले बताए। ‘अपेक्षा गरेजस्तो संघमा सफलता हासिल गर्न सकिएन भन्ने भयो’, उनले भने, ‘समग्र समीक्षा सबै परिणाम आएपछि गर्ने भन्ने भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?