+
+

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई ४५ सय मतान्तरको अग्रता

रासस रासस
२०७९ मंसिर १७ गते १८:५०

१७ मङ्सिर, बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । बुधबार बेलुकी ६ :३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा कांग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४ हजार ५५८ रहेको छ ।

प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले नौ हजार तीन सय ३० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार बलदेव रेग्मीले आठ हजार एक मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका कर्णबहादुर विकले एक हजार ३० मत पाएका छन् ।

प्रदेशसभा १ मा स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

यसैगरी प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १० हजार नौ सय ७७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले आठ हजार छ सय ४० मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभा सदस्य हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल शाहीले ७० र स्वतन्त्र उम्मेदवार जनक रावलले १६ मत पाएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?