+
+

स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध पार्दै मोरक्को पहिलोपल्ट विश्वकप क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते २३:५८

२१ मंसिर, काठमाडौं । २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा ३-० ले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गोलकिपर यासिन बोनो नायक बन्दै दुई पेनाल्टी बचाएपछि मोरक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो । मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिमसमेत बनेको छ । यसअघि क्यामरुन, सेनेगल र घानाले फरक समयमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए ।

दोहाको एजुकेसन सिटी स्टेडियममा मोरक्कोले दर्शकको राम्रो साथ पाउँदा स्पेनलाई १२० मिनेटसम्म गोल गर्न नदिई बराबरीमा रोकेको थियो ।

पेनाल्टीमा मोरक्कोका लागि अब्देलहमिद साबिरी, हाकिम जियाच र अच्रफ हाकिमीले गोल गरे । बाडर बनाउनेको प्रहार भने स्पेनका गोलकिपर उनाई सिमोनले बचाएका थिए ।

सन् २०१० को विश्व च्याम्पियन स्पेनका भने कसैले पनि गोल गर्न सकेनन् । कार्लोस सोलर र कप्तान सर्जियो बुस्केटको प्रहार मोरक्कोका गोलकिपर बोनोले बचाए । पाब्लो साराबियाको प्रहार भने पोलमा लागेर बाहिरियो ।

त्यसअघि निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

अतिरिक्त समयमा अन्तिम मिनेटमा स्पेनका पाब्लो साराबियाले गोल गर्ने राम्रो अवसर गुमाउँदा स्पेनले जितनजिक पुगेर फर्किएको थियो । अन्तिम समयमा उनले गरेको प्रहार पोलमा लागेर बाहिरिएको थियो ।

त्यसअघि पनि दुवै टिमले गोलका केही राम्रा अवसर पाएका थिए । तर फिनिसिङ हुन सकेन । यस्तै स्पेनका गोलकिपर उनाई सिमोन र मोरक्कोका यासिन बोनोले पनि केही राम्रा बचाउ गरेका थिए ।

जारी विश्वकपमा पेनाल्टी शुटआउटबाट नतिजा टुङ्गो लागेको यो दोस्रो खेल हो । यसअघि क्रोएसियाले जापानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।

मोरक्कोले आजै मध्यराति हुने पोर्चुगल र स्वीट्जरल्याण्डबीच खेलको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?