+
+

चोलेन्द्रको निलम्बन फुकुवा किन ? संसदका महासचिव भन्छन्– मलाई लागेअनुसार गरें

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ मंसिर २१ गते १४:२१
डा. भरतराज गौतम । फोटो : फेसबुक

२१ मंसिर, काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र दिएपछि राजनीतिमा तरंग उत्पन्न भएको छ । पहिलेको संसदले गरेको काम अर्को संसदमा नजाने तर्क गर्दै महाअभियोग निष्प्रभावी भएको पत्र आफूले दिएको बताएका छन् ।

उनले अनलाइनखबरसँग कुरा गर्दै भनेका छन्, ‘निर्वाचन आयोगले मतगणना सकियो भनेको छ, त्यस आधारमा भएको हो । पहिलेको संसदले गरेको काम अर्को हाउसमा जाने कुरा पनि छैन ।’ उनले आफूलाई लागे अनुसार यो निर्णय गरेको पनि बताएका छन् ।

यस सन्दर्भमा डा. गौतमसँग गरिएको संक्षिप्त कुराकानी–

आज नै किन महाअभियोग निष्प्रभावी भएको भनिएको हो ?

हिजो पत्र आयो । यस आधारमा आज निर्णय दिइएको हो ।

पहिले नै दाबी गरेका थिए, निस्प्रभावी भयो भनेर आज नै किन ?

सडकमा कुरा उठेको भरमा हुँदैन । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम आयो भनेको छ । यसकारण आज दिन समस्या भएन ।

निर्वाचन आयोगले औपचारिक पत्र पठाएको हो र ?

आयोगले मतगणना सकियो भनेको छ नि ! त्यस आधारमा भएको हो । पहिलेको संसदले गरेको काम अर्को हाउसमा जाने कुरा पनि छैन । यसकारण निर्णय भएको हो ।

कुनै राजनीतिक दबाव आएर हो ?

हैन, सम्बन्धित व्यक्तिले माग गरेपछि नयाँ निर्वाचन भइसकेको आधारमा गरेको हो । मलाई लागे अनुसार गरेको हुँ ।

विशेष समितिले अर्को सदनले गर्छ भनेको छ, के हुन्छ ?

त्यो विषय संसदले गर्ने हो, म के जान्दछु र ।

तपाईंले निस्प्रभावी भयो भन्ने संसदले महाअभियोग अगाडि बढाउने भन्ने हुन्छ र ?

खै । संविधान नियमावलीले के भन्छ । त्यही हुन्छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?