+
+

नेपाल टी-२० लिग फेरि सर्ने, पुस दोस्रो साता सुरु गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १७:२०
फाइल तस्वीर ।

२२ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक रुपमा आयोजना गर्न लागेको नेपाल टी-२० लिगको पहिलो संस्करण सर्ने निश्चित भएको छ ।

यसअघि डिसेम्बर १२ देखि ३१ सम्म गर्ने मिति तोकिए पनि लिगकै एक फ्रेन्चाइज काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि लिग अनिश्चित बनेको थियो ।

डिसेम्बर १२ देखि सुरु गर्ने भन्दै क्यानले खेलतालिका समेत सार्वजनिक गरेको थियो ।

क्यानले गोर्खाजको ठाउमा नयाँ टिम समावेश गर्दै लिग एक सातापछि देखि सुरु गर्ने क्यानले यसअघि जानकारी दिएको थियो । तर तोकिएको मिति भन्दा झण्डै दुई सातापछि लिग सुरु गर्ने तयारी गर्दै  क्यानले छिटै नयाँ मिति घोषणा गर्ने जनाएको छ ।

अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार नेपाल टी-२० लिग डिसेम्बर २३ देखि अर्थात पुस दोस्रो सातादेखि गर्ने तयारी छ ।

‘छिटै नयाँ टिमको नाम घोषणा गर्दै नयाँ मिति घोषणा गर्नेछौं। पुसको दोस्रो सातादेखि लिग गर्ने गरी आईसीसीबाट पनि नयाँ मिति स्वीकृत भइसकेको छ’, क्यानका एक पदाधिकारीले भने ।

जस अनुसार मिति घोषणा भए लिग ८ पुस देखि सुरु भएर महिनाभर चल्नेछ । लिगमा ६ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्नेछन् । लिगको घोषणा भएदेखि नै भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्सियल अधिकार बेचेको भन्दै क्यानको आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?