+
+

नारीप्रधान फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते २०:०६

काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित सोसल-ड्रामा फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म साउन ४ गतेदेखि रिलिज हुने जानकारी निर्माताले दिएका छन् ।

बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह र समाजको सोचविरुद्ध महिला पात्र गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । फिल्मको शीर्ष भूमिकामा मलिका महतले अभिनय गरेकी छन् ।

फिल्मले यसअघि विशेष प्रदर्शनको क्रममा उत्साहजनक समीक्षा प्राप्त गरिसकेको छ । फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।

दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा सुवेदीकै पटकथा र संवाद छ ।

बाबु श्रेष्ठले छायांकन गरेको फिल्ममा दीपक शर्मा र सुवास भुसालको संगीत छ । रामजी लामिछानेको नृत्य निर्देशन छ । लमजुङ, तनहुँ, कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको फिल्मले ग्रामीण चलचित्र महोत्सवमा फिल्म, पटकथा र अभिनेतृ विधामा जित हासिल गरेको थियो ।

सौराहा दक्षिण एसियाली फिल्म फेस्टिभलमा निर्देशन र फिल्म विधामा उत्कृष्ट बनेको थियो । फिल्मलाई काठमाडौंमा उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?