+
+

मेस्सीले विश्वकपमा सर्बाधिक खेलको कीर्तिमान बराबर गरे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते ३:२४

२८ मंसिर, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाएका छन् ।

फिफा पुरुष विश्वकपको इतिहासमा उनी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन् । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनका यी स्ट्राइकरले मंगलबार दोहाको लुसेल रंगशालामा विश्वकपमा आफ्नो २५ औं खेल खेले ।

यो जर्मनीका महान खेलाडी लोथर म्याथ्युजसँग बराबरीको कीर्तिमान हो ।

यो खेल अर्जेन्टिनाले ३-० ले जितेको छ । आइतबार लुसेल रंगशालामै हुने फाइनलमा मैदानमा उत्रिएसँगै मेस्सी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् ।

विश्वकपको २५ खेलमा अर्जेन्टिनाका लागि उनले ११ गोल गरेका छन् भने ९ गोलका लागि असिस्ट गरेका छन् ।

यसैबीच क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत पहिलो गोल गरेका लियोनल मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?