+
+

चीनमा कोरोना संक्रमण बढ्न थालेपछि कागती किन्न तँछाडमछाड

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते ११:३८

चीनमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढिरहेको छ । कोरोना कहर पुनः बढ्दै जाँदा चीनका विभिन्न सहरमा कागती किन्नका लागि मानिसहरुबीच होडबाजी चलिरहेको छ ।

ठूला सहरहरु बेइजिङ र सांघाईमा कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता बढाउने भन्दै मानिसहरु कागती खरिद गर्न बजारमा तँछाडमछाड गरिरहेका छन् ।

चीनमा फ्लु तथा चिसोको औषधिको अभावका कारण मानिसहरु प्राकृतिक तरिकाबाट आफ्नो रोगप्रतिरोधी क्षमता बढाउनमा जोड दिन थालेका छन् । जसकारण बजारमा कागतीको बिक्री ह्वात्तै बढेको छ ।

चीनको दक्षिण पश्चिमी क्षेत्र सिचुआन प्रान्तमा बस्ने वेन नामका किसानका अनुसार पछिल्ला केही दिनयता कागतीको बिक्री उच्च छ । अघिल्लो हप्ता आफूले २० देखि ३० टनसम्म कागती बिक्री गरेको उनले बताए । जबकि त्यसअघि उनले हप्तामा केवल ५ देखि ६ टन मात्रै कागती बेचिरहेका थिए । वेनले १३० एक्कड जमिनमा कागती खेती गरेका छन् ।

उनका अनुसार चिसो तथा फ्लुको औषधिको अभावसँग जुधिरहेका बेइजिङ र सांघाईबाट कागतीको माग सबैभन्दा धेरै आइरहेको छ । अर्का कागती किसान ल्यू यान्जिनका अनुसार पछिल्ला चार-पाँच दिनमा कागतीको मूल्यमा पनि तीव्र वृद्धि भएको छ । देशभरको कागतीको माग पूर्ति गर्न दैनिक १४ घण्टासम्म काम गरिरहेको उनले बताए । कोरोनाको पछिल्लो लहरअगाडि कागतीको भाउ प्रतिकिलो चारदेखि ६ युआनसम्म रहेकोमा अहिले बढेर १२ युआनसम्म पुगेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?