+
+

भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्छु : सांंसद भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १७:००

७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्ने बताएका छन् ।

बिहीवार संघीय संसद भवन परिसरमा शपथग्रहण प्रश्चात सञ्चारकर्मीहरुसँग बोल्दै सांसद भण्डारीले आगामी पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्ने बताएका हुन्।

उनले नेपाली युवाहरु विदेशी मुलुकमा जानुपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताए । सांसद भण्डारीले विदेशमा रहेको युवाहरुलाई नेपालमा रोजगारीको वातावरण बनाएर स्वदेश ल्याउन प्रयास गर्ने बताए । उनले देशको अर्थतन्त्र सबल बनाउन नीतिगत रुपमा सुधार गर्ने भूमिका खेल्ने पनि बताए ।

उनले भने, ‘नयाँ सांसदहरुले भष्टाचार नियन्त्रण गर्नको निम्ति कानूनहरु कडा बनाउन भूमिका खेल्नुपर्छ । पछिल्लो समय नेपाल युवा युवतीबिहीन हुँदैछन् । विदेशीमा रहेको युवाहरुलाई कसरी नेपालमा ल्याउने तथा उनीहरुले आर्जन गरेको पुँजीलाई सम्मानजनक रुपमा नेपालमा भित्र्याउने काम गर्नुपर्छ । कृषि क्षेत्रमा धेरै समस्या रहेको छ त्यो विषयमा संसदमा आवाज उठाउँछौं ।’

उनले नेपालका देखिएको स्वास्थ्य उपचारका लागि राज्यले सहजिकरण गराउने विषयमा संसदमा आवाज उठाउने बताए । उनले पछिल्लो समय देशभित्र देखिएका स्वास्थ्य, शिक्षा,कृषि क्षेत्रका समस्या नीतिगत रुपमा समाधानको लागि आवाज उठाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?