+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

टाटाको मेगा सर्भिस क्याम्प सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १३:२६

काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सोमबारदेखि मेगा सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार देशभरका विभिन्न १२ वटा ग्राहक सेवा केन्द्रहरुबाट क्याम्प सञ्चालनमा आएका हुन् ।

काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा क्याम्प सञ्चालनमा आएका छन् भने काठमाडौं उपत्यका बाहिर पोखरा, इटहरी, मेची, वीरगञ्ज , ढल्केबार, हेटौंडा, धनगढी, नेपालगञ्जमा सञ्चालनमा आएका छन् ।

ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटा अन्तर्गतको इन्टरनेसनल बिजनेसका (पेसेन्जर भेहिकल ) प्रमुख मायांक बल्दी , सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान ) अजीत नारायण सिंह, सिप्रदीका सीओओ राजेश प्रसाद गिरी र सिप्रदीका उपादक्ष्य सौरभराज थपलियाले संयुक्त रुपमा क्याम्पको उद्घाटन गरे ।

तीन दिन सञ्चालनमा हुने क्याम्पमा टाटाका “पेसेन्जर” श्रेणीका गाडीहरुको प्रभावकारी ढंगले आवश्यक जाँच गरिने कम्पनीले जनाएको छ। परीक्षण गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश : १८, १५ र १८ प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि: शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको व्यवस्था रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?