+
+

‘सक्किगो नि’को १०० भाग पूरा, पर्यटन प्रवर्द्धन गर्न सोलुखुम्बुमा कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १४:०४

काठमाडौं । हास्य टीभी श्रृंखला ‘सक्किगो नि’ले सोमबार १०० औं भाग सेलिब्रेसन गरिरहेको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ स्थित रमणीय स्थल पतालेमा सिरियलको सक्सेस कार्यक्रम आयोजना गरियो ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त ठाउँमा सफलताको कार्यक्रम आयोजना गरिएको श्रृंखला निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ले अनलाइनखबरलाई जानकारी दिए ।

६० जना कलाकारको टोली सोलुखुम्बु पुगेको छ । कार्यक्रममा कलाकारलाई पुरस्कृत र सम्मान समेत गरिएको छ । सर्वोच्च शिखर सगरमाथासहित आठ हजारभन्दा अग्ला हिमालको दृश्यवलोकन गर्न सकिने भएकाले उक्त ठाउँमा कार्यक्रम गरिएको जनाइएको छ ।

आगामी दिनमा नेपालका अन्य पर्यटकीय थलोमा समेत कार्यक्रम गरिने निर्देशक आचार्यले बताए । कार्यक्रममा ‘सक्किगो नि’का मुख्य कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले अन्य ठाउँमा पनि यस्ता कार्यक्रम गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुर्‍याउने बताए ।

सोमबारसम्म पतालेमै रहने कलाकार टोलीले वनभोजसहित मनोरञ्जनात्मक कार्यक्रम गर्ने योजना छ ।

श्रृंखलाको १०० भाग पूरा भएपछि नयाँ कथावस्तुसहित कार्यक्रम प्रसारण हुने जनाइएको छ । ‘सक्किगो नि’ हिमालय टीभीबाट प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?