+
+

अर्थमन्त्रीमा पौडेल आएपछि मोरङका उद्योगीको आन्दोलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १२:४१

१२ पुस, विराटनगर । बैंकले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी  व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।

सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएका थिए । अर्थमन्त्रीले वार्तामा  बोलाएपछि आन्दोलन स्थगित गरेको  मोरङ व्यापार संघ का अध्यक्ष नविन रिजालले  बताए । सरकारले माग सम्बोधन गर्ने आश देखाएको बताउँदै उनले माग सम्बोधन नभए पुन: सडक आन्दोलनमा फर्किने बताए ।

बैंकको चर्को ब्याजदरका विरुद्ध मोरङका उद्योगी र व्यावसायीले पुस ७ गतेयता नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको गेट अगाडि धर्ना दिइरहेका छन् । उद्योगीले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने,  स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्नेलगायत माग राखेका छन् ।

अर्थमन्त्रीले वार्तामा बोलाएपछि आफ्ना मागसहित वार्तामा जाने रिजालले बताए । वार्ता टोलीमा सहभागी हुन विराटनगरबाट ६ जनाको टोली जानेछ ।

वार्ता टोलीमा भैरहवा, बुटवल,  नेपालगञ्ज र काठमाडौं उद्योग वार्णिज्य संघका प्रतिनिधि पनि सहभागी हुने रिजालले बताए । मोरङका उद्योगीले आन्दोलन सुरु गरेपछि भैरहवा, बुटवल र नेपालगञ्जमा पनि ब्याजदर वृद्धिको विरोधमा आन्दोलन सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?